नियम ७क
राजपत्राङ्कित विशिष्ट श्रेणीको पद
(१) ऐनको दफा ६ को उपदफा (२) बमोजिम समूहीकरण (क्लष्टर) गरिएका सेवामा रहने राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरु अनुसुची–२क. बमोजिम हुनेछन् ।
(२) नेपाल सरकारले यो नियमावली प्रारम्भ भएको मितिले तीस दिनभित्र राजपत्राङ्कित विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीलाई
निजको योग्यता र अनुभवको आधारमा उपनियम (१) बमोजिमको उपयुक्त समूहीकरण (क्लस्टर) को पदमा सरुवा एवं पदस्थापन गर्नु
पर्नेछ ।
(३) यो नियमावली प्रारम्भ भएपछि हुने राजपत्राङ्कित बिशिष्ट श्रेणीको बढुवामा सम्वन्धित समूहीकरण गरेको सेवामा रहेका
राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरु मध्येबाट मात्र बढुवा गरिनेछ ।
(४) यस नियम बमोजिम कायम भएका पदहरुको सेवा समेत खुल्ने गरी निजामती कितावखानाले अभिलेख अद्यावधिक गरी
सम्बन्धित निकायलाई जानकारी दिनेछ ।